बिहिबार, जेष्ठ ८, २०८२

एमालेमा अन्तर्घात भयो, कहाँबाट सिकेछन्: केपी ओली


कान्तिपथ


नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा बेहोर्नुपरेको हारको प्रमुख कारण ‘अन्तरघात’ भएको ‘प्रारम्भिक निष्कर्ष’ निकालेको छ। बुधबार बानेश्वरस्थित संघीय संसद्‌ भवनमा बसेको पार्टी संसदीय दलको बैठकले स्थानीय तहको निर्वाचनमा अन्तरघातका कारण धेरै ठाउँमा हार बेहोर्नु परेको निष्कर्ष निकालेको हो।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले कांग्रेस, माओवादी र एकीकृत समाजवादीभन्दा एमालेमा अन्तरघात बढी भएको बताए। ‘यसपल्ट धेरै ठाउँमा अन्तरघात भयो। माओवादी र समाजवादीमा भएन। कांग्रेसमा कम भयो। हाम्राले कताबाट सिके, समीक्षा हुन्छ,’ ओलीले बैठकमा गरेको सम्बोधन उद्धृत गर्दै एक नेताले भने।

अध्यक्ष ओलीले पार्टीको जनमत घटेको नभइ बढेको समेत दाबी गरे। ‘४ महानगरमा उपमेयर जितियो। मेयर अन्तरघातका कारण हारियो, जित्न सकिन्थ्यो,’ ओलीले बैठकमा भने। सरकारले गठबन्धनका नाममा स्रोत साधनको दुरुपयोग गरेको पनि ओलीले आरोप लगाए। ‘केही ठाउँमा धाँधली भयो। तर, हारको मुख्य कारण अन्तरघात हो,’ ओलीले बैठकमा भने।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत