सोमवार, मंसिर २२, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • नेकपा (एकीकृत समाजवादी) ले निर्वाचित जनप्रतिनिधिलाई एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन

नेकपा (एकीकृत समाजवादी) ले निर्वाचित जनप्रतिनिधिलाई एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन


कान्तिपथ


नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन गरेको छ । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी यसपालि पहिलो पटक निर्वाचनमा सहभागी भएको हो। सत्ता गठबन्धनमा रहेको समाजवादीले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको मेयर जितेको छ भने देशभर प्रमुख पदमा २० जना र उपप्रमुख पदमा २४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । बुधबार महासचिव बेदुराम भुसालले सर्कुलर जारी गर्दै पार्टीकातर्फबाट उम्मेदवार बनेर निर्वाचित जनप्रतिनिधिहरूलाई जेठ १७ गतेसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन गरेका हुन् ।

भुसालले जनताले ठूलो विश्वास गरी मत दिएकाले जनताको विश्वासप्रति सधैँ इमानदार रहन भनेका छन् । ‘जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहोला। निर्वाचनका बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्नुहोला,’ सर्कुलरमा भनिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत