बिहिबार, जेष्ठ ८, २०८२

यस्तो छ बालेनको विजय र्‍यालीको रुट


कान्तिपथ


काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी भएको घोषणा सम्भवत आज हुन सक्छ । अब तीनवटा वडाको मात्रै मतगणना बाँकी छ ।

मतगणना सकिएर बालेनलाई विजयी घोषणा गरिएसँगै समर्थकहरुले विशाल र्‍यालीको तयारी गरेका छन् । मतगणनास्थल सभागृहबाट र्‍याली सुरु भएर काठमाडौंका थुप्रै स्थान परिक्रमा गर्ने बताइएको छ ।

बालेनको पक्षमा सक्रिय रहेका भिम उपाध्यायले फेसबुकमा लेखेअनुसार बालेनको समर्थनमा निस्कने जुलुस राष्ट्रिय सभागृहबाट भद्रकाली, शहीदगेट, हुँदै त्रिपुरेश्वर र कलंकीसम्म पुग्नेछ ।

त्यहाँबाट फेरि स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल, गौशाला, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गरिने छ ।

आफ्नो जित सुनिश्चित भएपछि बालेनले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै विजयोत्सवको साटो धन्यवाद र्‍याली निकाल्न समर्थकलाई अपिल गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत