मङ्लबार, जेष्ठ ६, २०८२

एमाले अध्यक्ष ओलीद्वारा बुथ कब्जाको विरोध


कान्तिपथ


एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव शान्तिपूर्ण नभएको निष्कर्ष सुनाएका छन् । उनले प्रतिपक्षलाई सिध्याउने घोषित उद्देश्यका साथ लोकतन्त्रको धज्जी उडाउने गरी निर्वाचनमा राज्यसंयन्त्र दुरुपयोग गरिएको बताए ।

नीति तथा कार्यक्रममाथि आजदेखि सदनमा सुरू छलफलमा बोल्दै ओलीले निर्वाचनको दिन आफूलाई पर्याप्त सूचना नआएकाले आमरूपमा शान्तिपूर्ण नभएको प्रतिक्रिया दिएको बताए ।

‘मैले शान्तिपूर्ण भयो होला भन्ने ठानेको थिएँ । दुर्गम र दुरदराजको रिपोर्ट आएको थिएन । तर, पछि रिपोर्टहरू आएपछि थाहा भयो । कति ठाउँमा बुथ कब्जा भए । कति ठाउँमा बम पड्काइए । कति ठाउँमा चुनाव स्थगित भए,’ ओलीले भने ।

देशका कुनै पनि स्थानमा प्रतिपक्षका कारण चुनाव स्थगित नभएको ओलीले दाबी गरे । उनले २०७४ सालको चुनावमा यही गठबन्धन सरकारमा भए पनि निर्वाचन यस्तो भद्दा नभएको बताए ।

ओलीले भने, ‘यही गठबन्धन थियो, तर यस्तो आक्रामक र हिंसात्मक खालको चुनाव त्यो बेला भएको थिएन । अहिले त नयाँ कीर्तिमान नै भयो । पञ्चायतकालमा पनि यस्तो नांगो ढंगले राज्यसंयन्त्रको दुरुपयोग भएको थिएन ।’

‘निर्वाचन स्वच्छ र धाँधलीरहित हुन सकेन। सत्ता पक्षले बुथ कब्जा गरेका ठाउँमा प्रहरी निरीह भएर बसेको छ’, उनले भने, ‘बुथ कब्जा नगरभन्दा प्रतिपक्षीका कार्यकर्ता कुटिएका छन्। निर्वाचन भएको १४ दिन भयो । १४ दिनपछि किन परिणाम आइरहेको छैन? किन आएको छैन, निर्वाचन स्वच्छ, धाँधलीरहित हुन सकेन।’

ओलीले सत्तापक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी मुकदर्शक बनेर बसेको बताए। ‘उम्मेदवारको घरमा बम पड्काइयो। शान्तिपूर्ण भयो सबैतिर? घर पुरानो भएर भत्किएको हो?’, उनले सोधे, ‘बमलाई अपजस लगाएर भत्किएको हो? कि बम आफैं आएर घर भत्कियो?



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत