सोमवार, जेष्ठ ५, २०८२

पिंगलास्थानबाट १२२२ एम्पुल लागूऔषधसहित चारजना पक्राउ


कान्तिपथ


काठमाडौंको पिंगलास्थानबाट लागू औषध १२२२ एम्पुलसहित चारजना मानिसहरु पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरी जिल्ला वलान विहुल गापा वडा नं. ३ स्थायी ठेगाना भएका २२ वर्षीय मनिष कुमार साह, सोही ठेगानाका ३२ वर्षीय भोला प्रसाद साह, १९ वर्षीय कुमार साह र २४ वर्षीय बाल कुमार दास रहेका छन् ।

प्रहरीका अनुसार अहिले उनीहरुमाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत