शुक्रबार, असार ६, २०८२

कांग्रेसका पुराना नेता माधवमणि राजभण्डारीको निधन


कान्तिपथ


नेपाली कांग्रेस दोलखाका पूर्व सभापति एवं ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य ७५ वर्षीय माधवमणि राजभण्डारीको बिहीबार काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

स्वर्गीय राजभण्डारी पार्टीको १० औं महाधिवेशन—२०५७ मा दोलखा जिल्लाको सभापति थिए । लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका स्वर्गीय राजभण्डारी २०५१ को मध्यावधि निर्वाचनमा पार्टीको तर्फबाट दोलखा जिल्ला निर्वाचन क्षेत्र नं २ को उम्मेदवार थिए ।

लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक हिरासतसमेत व्यहोरेका राजभण्डारीको निधनबाट पार्टीले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको भन्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत