बिहिबार, जेष्ठ ८, २०८२

विरामी विद्यार्थीलाई बलात्कार गर्ने हेडमास्टर पक्राउ


कान्तिपथ


आफ्नै स्कुलकी बिरामी छात्रालाई उपचारको बहानामा बलात्कार गरेको आरोपमा इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलका तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् ।

पाँच वर्षअघि १५ वर्षीया बालिकालाई घुमाउन तथा औषधि गराउन लैजाने भन्दै घरान उपमहानगरपालिका–१० स्थित जनहित गेष्ट हाउसमा लगेर धम्क्याएर बलात्कार गरेको आरोपमा तत्कालीन प्रिन्सिपल राजकुमार खड्का पक्राउ परेका हुन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । सार्वजनिक घटना अनुसार २०७४ साउन २६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने बाटोमा पर्ने जनहित गेस्ट हाउसमा प्रिन्सिपल खड्काले बलात्कार गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत