शुक्रबार, जेष्ठ ३, २०८२

बैतडीमा विद्युतीय राहदानी सेवा सुरु


कान्तिपथ



जिल्ला प्रशासन कार्यालयले पहिलोपटक विद्युतीय राहदानी ई–पासपोर्ट सेवा सुरु गरेको छ ।

एमआरपी राहदानी विस्थापित गरेर विद्युतीय राहदानी सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । ई–पासपोर्ट सेवा जिल्लामै सुरु भएपछि धेरै समय पर्खिनुपर्ने र राहदानी बनाउन काठमाण्डौँ जानुपर्ने यहाँका नागरिकको बाध्यता हटेको हो ।

अब वैदेशिक रोजगारिमा जानेले जिल्ला प्रशासन कार्यालयमा तीन हप्ताभित्र राहदानी पाउने र विद्युतीय राहदानी ई–पासपोर्ट बनाउनेले रु पाँच हजार शुल्क तिर्नुेपर्नेछ ।

यस्तै विद्युतीय राहदानी ई–पासपोर्टका लागि घरबाटै पनि फर्म भर्न सकिने जनाईएको छ । राहदानी बनाउन तीन महिना लाग्ने गरेकामा अब भने तीन हप्तामै जिल्लामा राहदानी आइपुग्ने भएको हो । यहाँबाट काठमाडौँ गएर राहदानी बनाउनुपर्दा जिल्लावासीलाइ निकै अप्ठ्यारो र सारै खर्चिलो हुने गरेकामा अब राहत मिलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँ गत मङ्सिर २ गतेदेखि एमआरपी राहदानी बनाउन बन्द गरिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत