मङ्लबार, जेष्ठ ६, २०८२

श्रीमतीको हत्या गरेर जलाउने पुर्व डिआईजी कोइराला पक्राउ


कान्तिपथ


सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ परेका छन्। सर्वोच्च अदालतले कर्तव्य ज्यानसम्बन्धी मुद्दाको सजाय उच्च अदालतले तोकेकै कायम गरेपछि कोइरालालाई पक्राउ गरिएको हो।

उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले कोइरालालाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको पुष्टि गरे।

उनका अनुसार कोइरालालाई अहिले महाशाखामा लगिएको छ। अब उनलाई बाँकी कैद भुक्तानका लागि डिल्ली बजार कारागार पठाइँदैछ।

पत्नी हत्यामा दोषी ठहर कोइरालाले अझै साढे ११ वर्ष कैद भुक्तान गर्न बाँकी छ। सर्वोच्च अदालतले बिहीबार कोइराला प्रतिवादी रहेको कर्तव्य ज्यान मुद्दाको आफ्नै फैसला उल्ट्याएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत