बिहिबार, जेष्ठ ८, २०८२

ठगी आरोपमा दुई पक्राउ


कान्तिपथ


सार्वजनिक जग्गासहित व्यक्तिको जग्गा कीर्ते गरी बिक्री गर्न रु पाँच करोड २० लाख बैना लिएर ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चाँगुनारायण नगरपालिका–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारीलाई कमल विनायकबाट र भक्तपुर नपा–८ बस्ने ईश्वर गाइजुलाई भक्तपुरस्थित मालपोत कार्यालयको गेटबाट पक्राउ गरिएको जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको हो । परिसरका प्रहरी नायब उपरीक्षक राजु केसीका अनुसार खोटाङ बुईपा–३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नपा–१४ बस्ने धनीराम राईसमेतको जाहेरीका आधारमा काठमाडाँै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरी प्रहरी परिसर भक्तपुरलाई बुझाएको हो । महाशाखाले पक्राउ परेका व्यक्ति र मिसिल भक्तपुर परिसरलाई बुझाएको तथा भक्तपुर प्रहरीले आजैबाट थप अनुसन्धान गरि कानुनी प्रक्रिया अगाडि बढाएको केसीले बताउनुभयो । पक्राउ परेका अधिकारी र गाइजुले भक्तपुर साविक सुडाल गाविस–४ ‘क’ मा रहेको विभिन्न कित्ता नम्बरका अरुकै नामको जग्गा सम्बन्धित जग्गाधनीसँग अनुमति नलिई अनुमति लिएको छाँै भन्दै झुक्याएको र त्यससँगै रहेको कि.नं. ३९९ को ०–४–०–० क्षेत्रफल सरकारी जग्गासमेत बिक्री गर्न करारनामा गरी बैनाबापत रु पाँच करोड २० लाख लिएर ठगी गरेको अभियोग छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत