मङ्लबार, माघ ६, २०८२

कारागारभित्रको आत्महत्या प्रकरणमा छानविन समिति गठन


कान्तिपथ



गृह मन्त्रालयले यही जेठ ४ गते कारागार कार्यालय रोल्पाका बन्दी सुन्दर हरिजनको आत्महत्या घटनाको छानविन गर्न समिति गठन गरेको छ ।

कारागार व्यवस्थापन विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।

मन्त्रालयले उक्त घटना कसरी घटेको हो र सो सम्बन्धमा के कसो भएको हो भनी स्थलगतरुपमा अध्ययन, अनुसन्धान र छानविन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देश गरेको छ । समितिको प्रतिवेदन पश्चात घटनाको सत्यतथ्य उजागर हुने र भविष्यमा यस्ता घटना हुन नदिन सुधारका उपाय अवलम्बन गरिने मन्त्रालयले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत