मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेट आज बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो।
अर्थमन्त्री शर्माले आज नै राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण बुझाउने कार्यक्रम रहेको अर्थमन्त्रीको सचिवालय सदस्य नविन पोखरेलले जानकारी दिए। अर्थमन्त्री शर्माले राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेश गरेर संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्ने सचिवालयको भनाइ छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ