बिहिबार, जेष्ठ ८, २०८२

पहिलो सिजनमै गुजरातले उचाल्यो आईपीएलको उपाधि


कान्तिपथ


गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को उपाधि जितेको छ। आइतबार राति सम्पन्न फाइनलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै पहिलो सिजनमै उपाधि जितेको हो।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। गुजरातका लागि हार्दिकले ३० बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा आउट भए। शुभमन गिलले ४३ बलमा ३ चौका र १ छक्कासहित ४५ रनमा अविजित रहे। डेविड मिलर १९ बलमा ३ चौका र १ छक्का सहित ३२ रनमा अविजित रहे।

राजस्थानका प्रसिद्ध कृष्ण, ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले १–१ विकेट लिए। त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो।

राजस्थानका ओपनर जस बटलरले ३५ बलमा ५ चौकासहित सर्वाधिक ३९ रन बनाए। याशभी जैसवालले १६ बलमा १ चौका र २ छक्कासहित २२ रन जोडे। यता, रियान परागले १५ रन जोडे। कप्तान सन्जु सामसन १४ रनमा आउट भए।

गुजरातका कप्तान हार्दिक पान्ड्याले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। रविश्रिनिवास साइ किशोरले २ विकेट लिए। मोहम्मद शामी, राशिद खान र यश दयालले १–१ विकेट लिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत