बुधबार, असार १५, २०७९

नव निर्वाचित मेयर बालन साहको पहिलो निर्णय : नगरसभाको बैठक लाइभ गरिने


कान्तिपथ


काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो प्रतिवद्धता अनुसार नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । उनले आफुले सपथ ग्रहण गरेर पदभार सम्हाले संगै आफ्नो प्रतिवद्धता अनुसार यो निर्णय लिएको बताएका छन् ।

नगरसभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको र सो बैठक प्रत्यक्ष प्रशारण गर्ने साहले बताए ।
यसै बीच फोहोर व्यवस्थापन आफ्नो प्राथमिकता भएको भन्दै उनले भने, ‘हामीले गरेको पापको भोगी उहाँहरु हुनु भएको छ । हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छे मरिरहनु भएको छ । यो शोक मनाउने बेला हो ।’ काठमाडौंको फोहोर व्यवस्थापन उचित रुपमा नभएसम्म खादा–माला नलगाउने र खुसी नमनाउने उनले बताएका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत