आइतवार, बैशाख २७, २०८३

मानव बेचविखन र बलात्कार आरोपमा वीरगञ्जबाट ३ जना पक्राउ


कान्तिपथ


मानव बेचविखन र बलात्कार गरेको आरोपमा प्रहरीले पर्साको बीरगञ्ज महानगरपालिकाबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीरगञ्ज महानगरपालिका–८ स्थित रेष्टुरेन्टमा काम गर्ने २५ वर्षीय सुरज कुमार शाह, जुम्ला घर भएका हरिचन्द्रनाथ योगी र वीरगञ्जमा होटल चलाउने ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की) छिन् ।

जेठ ५ मा सुरज शाहले काठमाडौंमा बस्ने २५ वर्षीया युवतीलाई बीरगञ्जमा बोलाए बलात्कार गर्छन् । चार दिनपछि पीडित युवतीलाई बीरगञ्ज–१६ मा होटल चलाउने लक्ष्मी कार्कीको जिम्मा लगाउँछन् । लक्ष्मीले ‘विवाह गर्छ’ भनेर बीरगञ्ज फुलवारी टोलमा बस्ने हरिचन्द्रनाथ योगीको जिम्मा लगाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । योगीले जेठ १४ सम्म बन्धक बनाएर बलात्कार गरेपछि युवती मौका छोपेर भागेकी थिइन् ।

आरोपीहरु बिरुद्ध मानव बेचविखन तथा बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत