मङ्लबार, बैशाख ३०, २०८२

युक्रेनमा शान्ति स्थापना बारे छलफल


कान्तिपथ


युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानका बीचमा सोमबार फोनवार्ता भएको छ । युक्रेनका राष्ट्रपति जेलिन्स्किीले दिनुभएको जानकारीअनुसार उहाँहरुका बीचमा सम्पन्न सो फोनवार्ताका क्रममा युक्रेनमा शान्ति स्थापनाको आवश्यकतामा सहमति भएको राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले बताउनुभयो ।

उहाँले आफूले सोमबार टर्कीस् राष्ट्रपति एर्डोगानसँग वार्ता गरेको र उहाँ युक्रेनमा शान्ति स्थापनाका लागि तयार रहनुभएको जानकारी दिनुभएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले सोमबार ट्वीटमार्फत् दिनुभएको जानकारीअनुसार टर्कीस् राष्ट्रपति एर्डोगानले युक्रेनमा शान्तिको स्थापना हुनुपर्ने भन्दै त्यसका लागि आवश्यक मात्रामा टर्कीले सघाउने कुरा गरेको बताउनुभएको थियो ।

राष्ट्रपति जेलिन्स्किीले टर्कीको यो सहयोग र सदासयताको सराहना गर्नुपर्ने पनि सो ट्वीट्मा उल्लेख गर्नुभएको छ । रुसले युक्रेनमा सैन्य कारबाही गरिरहेको छ । यसबाट युक्रेनको आर्थिक अवस्था संकटपूर्ण बन्दै गएको बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत