मङ्लबार, जेष्ठ ६, २०८२

चुनावपछि बैंकमा १३ अर्ब रुपैयाँ फर्कियो


कान्तिपथ


स्थानीय निर्वाचन सम्पन्न भएसँगै बैंकमा धमाधम पैसा फर्किन थालेको छ । जेठ १ गतेयता २७ वटा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले बढेको हो । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार जेठ ६ गतेदेखि १३ गतेसम्ममा बैंकहरुको निक्षेप थप ६ अर्बले बढ्दै ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात जेठ १ गतेदेखि ६ गतेसम्ममा ७ अर्ब रुपैयाँले बढेको थियो ।

यता निक्षेप बढेसँगै बैंकहरुले कर्ता लगानी समेत बढाएका छन् । संघको रिपोर्ट अनुसार पछिल्लो हप्ता अर्थात जेठ ६ गतेदेखि १३ गतेसम्म २७ वटा वाणिज्य बैंकहरुले ४ अर्बले कर्जा बढाउँदै कुल ४१ खर्ब ९८ अर्ब लगानी गरेका छन् । यस्तो लगानी अघिल्लो हप्ता अर्थात् जेठ १ गतेदेखि ६ गतेसम्ममा ३ अर्ब रुपैयाँले बढाउँदै बैंकहरुले कुल ४१ खर्ब ९४ अर्ब रुपैयाँ लगानी गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत