न्यूजिल्याण्ड पठाउने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा नागार्जुन नगरपालिका–९ स्युचाटारका ४५ वर्षीय विकास खत्रीलाई पक्राउ गरेको हो।
उनले नवलपरासीको कावासोतीका २८ वर्षीय विकास जोशी र तनहुँको रिसिङ गाउँपालिका–५ का २७ वर्षीय अमृत चन्दलाई न्यूजिल्याण्ड पठाउने भन्दै ठगी गरेको एसपी कृष्ण कोइरालाले जानकारी दिए।
उनले यी दुई व्यक्तिलाई वर्किङ भिषामा न्यूजिल्याण्ड पठाउने भन्दै जनही १५ लाखका दरले ३० लाख रुपैयाँ लिएर ठगी गरेको खुलेको छ।
३० लाख लिएपछि सम्पर्कविहीन भएका भट्टराईलाई वैदेशिक रोजगार विभागबाट पक्राउ पूर्जी जारी भएपछि प्रहरीले पक्राउ गरेको हो। कारबाहीका लागि भट्टराईलाई विभागमा बुझाइएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ