बिहिबार, जेष्ठ ८, २०८२

पाकिस्तानका प्रधानमन्त्री टर्की भ्रमणमा


कान्तिपथ


पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ तीन दिने औपचारिक भ्रमणका लागि टर्की आइपुग्नु भएको छ । पाकिस्तानी उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ मङ्गलबार टर्कीको अंकरा आइपुग्नु भएको हो ।पाकिस्तानका प्रधानमन्त्री सरिफलाई टर्कीका रक्षा मन्त्री हुलुसी अकरले अंकरा विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

पाकिस्तानी प्रतिनिधि मण्डलमा रक्षा मन्त्री खावाज मोहम्मद असिफ, सूचना तथा प्रसारण मन्त्री मरियुम औराङजब, लगानी मन्त्री चौधरी सालिक हसन र प्रधानमन्त्रीका विषेश सहयोगी तारिक फतेमी र फहद हसन रहनु भएको छ । विदेश मन्त्री बिलावाल भुट्टो जर्दारी भने सोमबार नै टर्की आउनु भएको हो । उहाँ पनि प्रतिनिधि मण्डलमा सहभागी हुनुभएको छ ।

टोलीले बुधबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेको छ । भेटवार्ताका क्रममा पाकिस्तान— टर्की सम्बन्धलाई थप बलियो बनाउने, आपसी सहकार्यका नयाँ ढोका खोल्ने, विगतमा हुँदै आएका सहकार्यलाई थप प्रभावकारी र दिगो बनाउने लगायतका विषयमा छलफल भएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा पनि सकेसम्म समान धारणा बनाउने र एकै ठाउँमा रहेर भूमिका खेल्ने बारेमा पनि कुराकानी भएको जनाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत