शुक्रबार, जेष्ठ ३, २०८२

जिसस कैलालीको निर्वाचन यही जेठ ३० मा हुने


कान्तिपथ


जिल्ला समन्वय समिति कैलालीको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार जेठ २० गते मतदाता नामावली प्रकाशन, २२ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

यस्तै २५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ, भने ३० गते जिसस कैलालीमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १३ पालिका भएको जिल्लामा २६ जनाले मतदाता गर्न पाउने छन् । एक जना स्वतन्त्ररुपमा विजयी हुनुभएका जनप्रतिनिधि हुनुहुन्छ भने एक जना सत्ता गठबन्धनकाविरुद्ध चुनाव लड्नुभएका नेपाली कांग्रेसका पालिका अध्यक्ष हुनुहुन्छ ।

यी दुई पालिका प्रमुख र अध्यक्षको मत जिल्ला समन्वय समिति गठन गर्न निर्णायक हुने देखिएको छ । जिल्ला समन्वय समितिको संयोजक बन्नका लागि सत्ता गठबन्धनसँग १४ मत आवश्यक पर्नेमा १३ मत छ । कांग्रेससँग ८, माओवादीसँग ४ र एकीकृत समाजवादीसँग एक मत गरेर जम्म १३ मत हुन्छ ।

गठबन्धनविरुद्ध उम्मेदवारी दिएको जनाउँदै कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीलाई कारबाही गरिएको थियो । जिल्लाका चार स्थानीय तह जितेको नागरिक उन्मुक्ति पार्टीसँग ७, एमालेसँग ५ मत मात्रै छ । एमाले र नागरिक उन्मुक्ति मिल्दा पनि १२ मत मात्रै हुन्छ । कांग्रेस र नागरिक उन्मुक्तिले प्रमुख आफूले पाउनुपर्ने दाबी गरिरहेको जनाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत