साताको तेस्रो कारोबार दिन बुधवार नेप्से परिसूचक ७ दशमलव २१ अंकअंक घटेको छ । नेप्से परिसूचक २ हजार १३० दशमलव ७१ विन्दुमा झरेको हो । यस अवधिमा कारोबारमा आएका २२७ ओटा धितोपत्रको ३० लाख २० हजार ६७ कित्ता शेयर २३ हजार १३४ पटकमा रू. १ अर्ब ७ करोड ८४ लाख ४ हजार १८१ दशलमव ९५ बराबरको शेयर खरीदविक्री भएको छ ।
बजेट भाषण पछि लगातार तेस्रो दिन पनि नेप्से परिसूचक घटेको छ । दिनहुँ परिसूचक घटिरहँदा सूचीकृत कम्पनीहरुको शेयरमूल्य धेरै नै सस्तिएको छ । यस्तो अवस्थामा पनि लगानीकर्ता खरीद गर्ने मुडमा देखिदैनन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ