सोमवार, जेष्ठ ५, २०८२
  • गृहपृष्‍ठ
  • अर्थ वाणिज्य
  • बासडाेल सामुदायिक बहुउद्देश्यीय सहकारि द्वारा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम

बासडाेल सामुदायिक बहुउद्देश्यीय सहकारि द्वारा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम


कान्तिपथ


हिजो मिति २०७९ साल जेठ १८ गते श्री बासडाेल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लि. काे आयाेजनामा स्थानीय तह निर्वाचन अन्तरगत बनेपा नगरपालिकाबाट निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम संस्थाका अध्यक्ष वकिलनाथ शर्मा वाग्लेकाे सभापतित्वमा बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य, उप प्रमुख विमला सापकोटा दाहाल, बनेपा १२ का वडा अध्यक्ष राम बहादुर कुँवर,वडा सदस्यहरू क्रमशः यसाेदा शर्मा, नारायण रावल, ठुलीकान्छी रपाल, सागर लामा, संस्थाका लेखा संयोजक उद्वव वाग्ले, प्रमुख सल्लाहकार मुकुन्द शर्मा सल्लाहकार प्रेम बहादुर तामाङ, कुमार कार्की, रामेश्वर खत्री, लेखा समिति र संचालक समितिका सदस्य, विभिन्न उपसमितिका सदस्यहरू, शेयर सदस्य तथा कर्मचारीहरूकाे उपस्थितिमा संचालन भई सम्पन्न गिरयाे ।

त्यस्तै गरी बनेपा वडा न. १२ का अध्यक्ष राम बहादुर कुँवरले यस संस्था बिगत देखि नै नियम अनुसार संचालन रहेको मासिक वित्तीय विवरणहरु नगरपालिकामा पेश गर्ने गरेको, सदस्य सेवामा लागि रहेको र बासडोलको सडक अझै छिट्टै निर्माण कार्य सम्पन्न गराउने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।

त्यस्तै गरी उपप्रमुख बिमला सापकोटा दाहालले आफ्नो मन्तब्यमा जनताको गुनासो सुन्न आउन पाउदा आफुलै धेरै खुसि लागेको भन्दै भन्नु भयो ‘तपाईहरुलाई परेको जस्तो सुकै समस्याहरु हामी मिलेर सहज गर्ने छौ, क्षेत्र विस्तारका लागि मिले सम्मका कार्यहरु अगाडी बढाउने छौ ।’

नगर प्रमुख शान्ति रत्न शाक्यले व्यस्तता वावजुद पनि निमंत्रना स्वीकार गरी नगरबाट गर्न मिल्ने र सक्ने जति काम अपसमा मिलेर गर्ने र सडकको काम छिट्टै सम्पन्न गराउन आवश्यक कदम चाल्ने बताउनु भयो । साथै सम्पूर्ण अतिथिलाई फुल गुच्छाले स्वागत गर्दै खादाका साथ प्रमाण पत्र वितरण गरी सभापति वकिलनाथ शर्मा वाग्लेले कार्यक्रम सम्पन्न गर्नु भयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत