मङ्लबार, जेष्ठ ६, २०८२

कैलालीमा अस्पतालबाट फर्कने क्रममा हतकडीसहित थुनुवा फरार


कान्तिपथ


कैलालीमा एक थुनुवा हतकडीसहित फरार भएका छन् । इलाका प्रहरी कार्यालय सुखडमा राखिएका थुनुवा आज हतकडीसहित फरार भएका हुन् ।

जिल्लाको घोडाघोडी नगरपालिका–२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय फरार भएका हुन् । १८ जेठमा उपचारका लागि सुखडको घोडाघोडी अस्पतालमा लगिएकोमा फर्कने क्रममा उनी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

१४ जेठमा पाण्डेयसहित प्रकाश शाह लागुऔषधको मुद्दामा पक्राउ परेका थिए । त्यसपछि दुवैजनालाई उपचारका लागि स्थानीय घोडाघोडी अस्पतालमा लगिएको थियो । झाडापखालाको उपचारपछि अस्पतालबाट फर्कने बेला पाण्डेय फरार भएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । फरार थुनुवाको खोजीका लागि जिल्ला र इलाकाको टोली खटिएको उनले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत