नेपालको सबैभन्दा बढी ६९ लाख बढी सब्स्क्राइब भएको म्युजिक नेपालको युट्युब च्यानल मंगलबार ह्याक भएको छ । च्यानल ह्याक गरी ह्याकरले च्यानलको नाम परिवर्तन गरी ‘टेस्ला लाइभ’ राखेका छन् ।
म्युजिक नेपालमको युट्युब च्यानल ह्याक भए पनि अन्य घटनाहरुमा जस्तो सो च्यानलमा पोस्ट भएका गीत संगीतका भिडियोहरु ह्याकरले नहटाएको, केवल च्यानलको नाम परिवर्तन गरेको म्युजिक नेपालले जनाएको छ । यसअघि नेपालमा चर्चित मानिएका ओएसआर डिजिटल, बुढा सुब्बा डिजिटल, सगरमाथा टिभी, गायक कमल खत्री, भिटेन आदिको युट्युब च्यानल समेत ह्याक भएका थिए ।
हाल म्युजिक नेपालले आफ्नो उक्त युट्युब च्यानल आफ्नो पहुँचमा आइसकेको, च्यानलको सम्पूर्ण लगइन डिटेल प्राप्त भइसकेको र अब नाम परिवर्तन गर्न मात्रै बाकी रहेको जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ