बिहिबार, जेष्ठ ८, २०८२

असल संस्कृति र भातृत्वभावको विकास गर्दै काम गरौँ : आईजीपी सिंह


कान्तिपथ


नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले प्रहरी कर्मचारीहरूले असल संस्कृति र भातृत्वभावको विकास गर्दै नागरिक सेवामा लाग्नुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले यस्तो बताएका हुन् । उनले आफूलाई सुम्पिएको जिम्मेवारी, दायित्व र कामप्रति अनुशासित एवं कटिबद्ध भई काम गर्नुपर्नेसमेत बताए ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृतहरूको उपस्थिति थियो । सिंहले स्थानीय तहको निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरूले व्यावसायिकरूपमा निर्वाह गरेको जिम्मेवारी र भूमिकाको प्रशंसा गर्दै सम्पूर्ण म्यादी प्रहरीहरूले समेत अत्यन्त राम्रो काम गरेको बताए ।

उपत्यकास्थित प्रहरी कार्यालयहरूले गर्ने कामबाट देशभरिको पुलिसिङ मापन हुने हुनाले उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरूलाई रोलमोडल भई उदाहरणीय काम गर्न उनले निर्देशन दिए । आपराधिक तत्वसँग साँठगाँठ, प्राकृतिक स्रोतको दोहनलगायत जस्तोसुकै गैरकानुनी काममा संलग्न रहेको पाइएमा जोकोहीलाई कारबाहीको दायरामा ल्याइने सिंहले चेतावनी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत