मङ्लबार, जेष्ठ ६, २०८२

शालिक राखेर राजा फर्कने होइन : कमल थापा


कान्तिपथ


राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालगन्जमा राजा वीरेन्द्रको शालिक राख्न राज्यबाटै भएको अवरोधमा आपत्ति जनाएका छन्। आन्दोलनको रापतापमा राजालगायत विपी, भानुभक्तसमेतको शालिक तोडफोड गरिएको उल्लेख गर्दै थापाले त्यो गलत भएको बताएका छन्। त्यहाँ अहिले शालिक राख्न खोज्दा अवरोध हुनु ठिक नभएको थापाको भनाइ छ।

‘नेपालगञ्जमा जहाँ पहिले राजा वीरेन्द्रको शालिक थियो, त्यहाँ अहिले शालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठीक भएन,’ उनले भनेका छन्। थापाले शालिक राखेर राजा नफर्किने पनि स्पष्ट पारेका छन्। ‘शालिक राखेर राजा फर्कने होइन। इतिहासको सम्झना हो। लोकतन्त्र यति असहिष्णु हुनुहुन्न,’ उनले भनेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत