काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह उपमेयरसहित सिसडोल पुगेका छन्। काठमाडौंमा फोहोर व्यवस्थापनमा समस्या भइरहेको समयमा उनी दोस्रो पटक सिसडोलमा पुगेका हुन्। व्यवस्थापनमा समस्या भइरहेपछि मेयर साह उपमेयर डंगोलसहित शुक्रबार बिहान सिसडोल पुगेका छन्।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका मेयर शाहले बिहिबार साँझ सहरी विकास मन्त्री रामकुमारी झाक्रीसँग परामर्श गरेका थिए।
मन्त्री झाक्री र मेयर शाहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच सहकार्य गरेर समस्याको समाधान गर्ने बिषयमा छलफल गरेका थिए।
डेढ दशक बढी समयदेखि काठमाडौं उपत्यकाको फोहोर सिसडोलमा विर्सजन गरिँदै आएको छ। ककनी गाउँपालिकाको ओखरपौवास्थित सिसडोलमा मेयर साहले फोहोर व्यवस्थापनको दीर्घकालीन कार्य योजना बनाउने बताउँदै आएका छन्।
शाह मेयर भएलगत्तै फोहोर व्यवस्थापनबारे जानकारी लिन यसअघि पनि सिसडोल पुगेर अव्यवस्थित रूपमा रहेको फोहोर स्थलगत अवलोकन/निरीक्षण गरेका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ