सोमवार, जेष्ठ ५, २०८२

अब पहुँचको भरमा बढुवा हुँदैन: आईजीपी सिंह


कान्तिपथ


प्रहरीको बढुवा अब जथाभावी नहुने प्रहरी महानिरीक्षक आईजीपी धिरजप्रताप सिंहले बताएका छन् । बिहीवार पत्रकारसँगको भेटघाटमा आईजीपी सिंहले अब हुने बढुवा ब्याज मेरिटको आधारमा हुने बताएका छन् ।

विगतका दिनमा पहुँचका आधारमा बढुवा हुने गरेकोमा त्यसलाई चिर्नका लागि कसैलाई अन्याय नहुने गरी बढुवा प्रक्रिया अगाडि बढाउने उनले बताए । प्रहरीमा राजनीतिक पहुँचका आधारमा सरुवा–बढुवा हुने गरेको छ ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनको समयमा गल्ती गरेका प्रहरी अधिकारीलाई कारवाहीको दायरमा ल्याएको आईजीपी सिंहले बताए । स्थानीय तह निर्वाचनका केही छिटफुट घटनाबाहेक अरु सौहार्दरूपमा सम्पन्न भएका आईजीपी सिंहले दाबी गरे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत