बिहिबार, जेष्ठ ८, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • ‘केमिकल आउनुपर्‍यो है फेरि । केमिकल आउन ट्रक रोक्न भएन है’ – मेयर बालेन्द्र शाह

‘केमिकल आउनुपर्‍यो है फेरि । केमिकल आउन ट्रक रोक्न भएन है’ – मेयर बालेन्द्र शाह


कान्तिपथ


आज काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन तथा विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोल पुगेर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले निरीक्षण गरेका छन् । स्थानीयहरुले फोहोरको कारण दुर्गन्धको हुने बताए पछि समस्या र गुनासा सुनेपछि मेयर साहले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने आश्वासन दिए । स्थानीय जनप्रतिनिधि र नागरिक अगुवाहरूले आफूहरुले स्वस्थ्य वातावरणमा बस्न पाउनुपर्‍यो भनेर माग गर्दै प्रहरी प्रशासन लगाएर दमन गरिएको गुनासो गरेका थिए ।

स्थानीयको समस्या र गुनासो सुने पछि उनले भने, ‘एक हप्तामा गन्ध नआउने बनाउन सकिन्छ । हाल्नलाई यहाँ केमिकल आउनुपर्‍यो है फेरि । केमिकल आउन ट्रक रोक्न भएन है ।’

उनले सड्ने र नसड्ने फोहोर छुट्टयाएर विसर्जन गर्ने व्यवस्था मिलाउने र त्यसका लागि जनचेतना जगाउने काम गर्ने पनि बताए । ‘मान्छेले पाँच मिनेट फोहोर नछुट्टाइदिएर मान्छे मरिरहेको छ भन्ने कुरा त फिल हुनुपर्‍यो नि त,’ उनले भने । फोहोरबाट मल बनाउन प्रबिधि रहेको र त्यसको लागि सिस्टम राख्ने र ड्रिल गरेर ग्यास निकाल्न सो प्रक्रियाभित्र तीन–चार महिना भित्र पुरा हुने गरि महानगरपालिका आवश्यक कदम चलिरहेको पनि बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत