बिहिबार, जेष्ठ ८, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्रीको आग्रह

शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्रीको आग्रह


कान्तिपथ


प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई उनीहरुको रुचि र विश्व बजारको मागअनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण गर्न विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।

काठमाडौँ विश्वविद्यालयको दोस्रो चरणको २७औँ दीक्षान्त समारोहलाई आज काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उहाँले बढ्दो शैक्षिक बेरोजगारी हटाइ बौद्धिक प्रतिभा पलायनलाई नरोक्दासम्म मुलुकमा उज्यालो भविश्य सुनिश्चित गर्न नसकिने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले शिक्षित युवा जनशक्ति मुलुकको विकास र परिवर्तनका संवाहक भएकाले दीक्षित युवा जनशक्तिलाई त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।यसका लागि विश्वविद्यालयलाई आवश्यकपर्ने सहयोग र सहजीकरणका लागि सरकार तयार रहेको पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले काठमाडौँ विश्वविद्यालयले शैक्षिक क्षेत्रमा मुलुकको शिक्षा क्षेत्रको प्रतिष्ठा प्रवद्र्धन गरी विश्वमा पुर्याउन सहयोग पुगेको बताउनुभएको छ ।

उहाँले विश्वव्यापीरुपमा फैलिएको कोभिड– १९ को महामारीका बीचमा पनि आफ्ना शैक्षिक क्यालेण्डरअनुसार कार्यक्रमलाई निरन्तरता दिएको र बौद्धिक जनशक्तिको पलायनलाई रोक्न सीपयुक्त जनशक्ति उत्पादनमा लागेको भन्दै विश्वविद्यालयको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले आगामी दिनमा मुलुकभित्र रहेको खनिज पदार्थ परिचालन, प्रशोधन तथा जलविद्युत् व्यवस्थापन र जलवायु न्यूनीकरण, जैविक वनस्पतीय जडीबुटीको खोज र अनुसन्धान क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक सामाजिक विकासमा थप टेवा पु¥याउन पनि विश्वविद्यालयलाई आग्रह गर्नुभयो ।

साथै उहाँले अन्तर्राष्ट्रियस्तरमा पहुँच पु¥याउने काममा थप अग्रसर हुन पनि विश्वविद्यालयलाई आग्रह गर्नुभयो । सो समारोहमा यहाँबाट यस अवधिमा विभिन्न कार्यक्रमबाट दीक्षित भएका एक हजार ७१५ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । दीक्षित हुने विदेशी विद्यार्थीमध्ये भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्याण्ड र जर्मनी गरी नौ देशका १५७ जना छन् । सो विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले विश्वविद्यालयबाट ३८ हजार ३३६ जना उत्तीर्ण भएका जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत