मङ्लबार, माघ २९, २०८१

फरक क्षमता भएकालाई सामाजिक सुरक्षा भत्ता


कान्तिपथ



पाल्पाको बगनासकाली गाउँपालिकाले फरक क्षमता (अपाङ्गता) भएका सबै व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ ।

सरकारले यसअघि रातो र नीलो कार्ड भएकालाई मात्रै भत्ता उपलब्ध गराएकामा पालिकाले भने पहेँलो र सेतो कार्ड प्राप्त सबै अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिने निर्णय गरेको छ । पहेँलो कार्ड भएकालाई मासिक रु ५०० र र सेतो कार्ड भएकालाई मासिक रु ३०० का दरले अपाङ्गता भत्ता उपलब्ध गराउने पालिकाले निर्णय गरेको छ । यस निर्णयप्रति यहाँका स्थानीय खुसी भएका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक रु एक हजार रकम प्रोत्साहन दिने निर्णय भएको छ । सो कार्यक्रम आगामी साउन १ गतेबाट लागू हुने गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । हिंसापीडित महिलाका लागि लक्षित गरी परामर्श केन्द्र सञ्चालन गर्ने पालिकाले जनाएको छ । गाउँपालिकाअन्तर्गत रहेका लिफ्टिङ खानेपानी योजनामा ६० प्रतिशत विद्युत् शुल्क पालिकाले बेहोर्ने निर्णयसमेत भएको छ ।

स्वास्थ्य शिविरमा २७२ जनाले सेवा लिए

पाल्पाको निस्दी गाउँपालिकामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविर २७२ नागरिकले सेवा लिएका छन् । शिविरमा एक जना कुष्ठरोगी र १० जनामा शङ्कास्पद भेटिएको स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिशाले बताउनुभएको छ ।

तीन जनामा भिआईए पोजेटिभ, दुई जनामा सर्भाइकल पोलिप र एक जनामा सर्भाइकल सिस्ट पत्ता लगाएको छ । शिविरबाट चार महिलाको पाठेघर खस्ने समस्या देखिएको छ । दुई जनाले रिङ प्रेसरी, एक जनाले सिस्टोसिल र दुई जनाले इम्प्लान्ट सेवा लिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाको आयोजना तथा निस्दी गाउँपालिकाको समन्वयमा बिहीबार र शुक्रबार शिविर सञ्चालन भएको हो । सदरमुकाम तानसेनदेखि टाढा रहेको यस गाउँपालिकामा स्वास्थ्य सेवा पाउँदा नागरिकलाई ठूलो राहत मिलेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत