शुक्रबार, जेष्ठ ३, २०८२
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • ५ करोड बैना लिएर जग्गा किर्ते गर्ने राप्रपाका नेता पक्राउ: वडाध्यक्ष फरार !

५ करोड बैना लिएर जग्गा किर्ते गर्ने राप्रपाका नेता पक्राउ: वडाध्यक्ष फरार !


कान्तिपथ


राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ । रफत सञ्चार क्लब भक्तपुरमा आज राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना नेता तथा कार्यकर्तालाई सुनियोजित रूपमा फसाई नियम विपरीत मुद्दा लगाएर थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो ।

काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयले यही जेठ १३ गते सरकारी जग्गासमेत बैना गरी ठगी गरेको अभियोगमा राप्रपा जिल्ला कोषाध्यक्ष चाँगुनारायण नगरपालिका–७ निवासी ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ बस्ने ५८ वर्षीय ईश्वर गाइजुलाई पक्राउ गरेको थियो ।

कित्ता नं ३९९ क्षेत्रफल (०–४–०–०) सरकारी जग्गासहित बैनाबापत पाँच करोड २० लाख पीडितबाट ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । सोही घटनामा राप्रपाबाटै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका–७ का निर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजूसहित ६ जनालाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष नायजू भने अहिले पनि फरार छन् ।

सोही घटनामा थप अनुसन्धान गर्ने क्रममा वडाध्यक्ष श्रेष्ठलगायतका व्यक्तिको संलग्नता देखिएको र उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गरिएको परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत