आइतवार, कार्तिक २३, २०८२

मधेस प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै


कान्तिपथ



मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ ।

प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको आगामी आव २०७९÷८० को नीति तथा कार्यक्रम आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्यलगायतका कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ । शनिवारर बसेको मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा बैठकमा प्रस्तुत हुने आगामी आव २०७९÷८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।

यस्तै मधेस प्रदेश सरकारले आगामी आगामी असार १ गते प्रदेशसभा बैठकमा आव २०७९÷८० को बजेट प्रस्तुत गर्ने र त्यसको तयारी भइरहेको प्रदेश सरकारको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो । नीति तथा कार्यक्रमपश्चात प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभामा १०१ सदस्य छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत