मङ्लबार, बैशाख ३०, २०८२

नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू परिवर्तन गर्ने


कान्तिपथ


नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू परिवर्तन गर्ने भएको छ । आज आइतवार बसेको सचिवालयको बैठकले अहिले सरकारमा रहेका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको हो ।

पार्टीले यसअघि नै पार्टीको तर्फबाट मन्त्री भएकाहरूलाई ६ महिनापछि फिर्ता गर्ने निर्णय गरिसकेको र ६ महिनाभन्दा लामो समय उनीहरू मन्त्री भइसकेकाले फिर्ता बोलाउन लागिएको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो । मन्त्री फिर्ता बोलाउने र नयाँ मन्त्रीको नाम तोक्ने जिम्मेवारी पार्टीका शीर्ष नेतालाई दिइएको पनि तुलाधरले बताउनुभयो ।

एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री हुनुहुन्छ । ‘पार्टीको तर्फबाट मन्त्री हुनुभएको हो । पार्टीले आवश्यकता ठानुन्जेलसम्म उहाँहरू मन्त्री हुनुहुन्छ, त्यसलाई स्वाभाविक रूपमा लिनुपर्छ’, उपमहासचिव तुलाधरले भन्नुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत