मङ्लबार, जेष्ठ ६, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • सुदूरपश्चिमलाई विकासको हब बनाउन दोधरा चाँदनीमा ड्राइपोर्ट आवश्यक : प्रधानमन्त्री देउवा

सुदूरपश्चिमलाई विकासको हब बनाउन दोधरा चाँदनीमा ड्राइपोर्ट आवश्यक : प्रधानमन्त्री देउवा


कान्तिपथ


प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै सुदूरपश्चिम क्षेत्रको पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित सुदूरपश्चिमाञ्चल सरोकार मञ्चको साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा विकासका धेरै सम्भावना रहेको भन्दै प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्ने बताएका हुन् । प्राकृतिक स्रोत साधनको सदुपयोग गर्दै युवाहरुलाई स्वदेशमा नै रोजगारी प्रदान गर्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री देउवाले भौगोलिक बिकटता लगाएतका कारणले सुदूरपश्चिम पछाडी परेका कारण त्यस क्षेत्रका युवाहरु रोजगारका लागि भारत जान बाध्य भएको उनको भनाइ छ ।

त्यस्तै देउवाले सुदूरपश्चिमलाई विकासको हब बनाउनका लागि दोधरा चाँदनीमा ड्राइपोर्ट आवश्यक रहेको धारणा राखे । प्रधानमन्त्री देउवाले मुलुकमा पछिपरेका स्थानमा समान बिकासका लागि सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत