राजधानीलगायत सहरमा नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतको सफाइ गरी पूजा आराधना गरी सिठी नख पर्व मनाएका छन् । मार्कण्डेयलगायत पुराणमा सिठी देवताका रुपमा पानीका स्रोतमा प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन पूजा आराधना गर्नुपर्ने विषय उल्लेख गरिएको छ । संयोगले यो वर्ष सिठी नख पर्वका दिन जुन ५ अर्थात् विश्व वातावरण दिवस पनि परेको छ । पुराणको वचनअनुसार नै यो पर्व मनाउने परम्परा सुरु भएको धर्मशास्त्रविद् प्रा डा देमणि भट्टराईले बताउनुभयो ।
यस अवसरमा राजधानीलगायत देशभरका पानीका मुहानमा सफाइ गरिएको छ । यो पर्व विशेषगरी नेवार समुदायको बाहुल्यता रहेका स्थानमा मनाइएको छ । नेवार समुदायबाट पानीको स्रोत सफाइ सिकेकाले पनि यो पर्व मनाएका छन् । संयुक्त राष्टसङ्घले वातावरण दिवस मनाउन थालेको ५० वर्ष भयो । तर आदिकालदेखि नै सिठी नख पर्व मनाउने गरिन्छ । सिठी नखमा विशेषगरी पानीका मुहानको सफाइ गरिन्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ