बिहिबार, जेष्ठ ८, २०८२

भारतको उत्तराखण्डमा बस दुर्घटना, २५ जनाको मत्यु


कान्तिपथ


भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा आइतबार साँझ बस दुर्घटना हुँदा त्यसमा परेर कम्तीमा पनि २५ जनाको ज्यान गएको छ ।बस खाल्डोमा खसेर दुर्घटना भएको यहाँको प्रहरीले जानकारी दिएको छ । त्यस बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालकसहित ३० जना सवार रहेका थिए ।

भारतको एक समाचार समिति, एसियन न्युज एजेन्सीले सो समाचारको पुष्टि गरेको छ । साथै उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पनि सो दुर्घटनामा परेर २५ जनाको मृत्यु भएको जानकारी दिनुभएको छ ।

उक्त बसमा हरिद्वारबाट तिर्थयात्रीहरु गएका थिए । बसमा सवार सबै यात्रु चारधाम तीर्थ यात्राका लागि जाँदै थिए ।त्यसमा परेर पाँच जना घाइते भएका बताइएको छ । घाइतेलाई स्थानीय अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

बसमा चालक र क्लिनरबाहेक १४ पुरुष र १४ महिला सवार थिए । उत्तराखण्डका मुख्यमन्त्री धामी र मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान आज देहरादूनबाट दुर्घटनास्थलतर्फ प्रस्थान गर्न लाग्नुभएको पनि बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत