बिहिबार, जेष्ठ ८, २०८२

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार १ अर्ब २७ करोडमा खुम्चियो


कान्तिपथ


सोमबार सेयर बजार सूचक नेप्सेमा थप १२ अंकमाथिको गिरावट आएको छ । निरन्तर घट्दो क्रममा रहेको नेप्सेमा साताको पहिलो कारोबार दिन समेत रहेको सोमबार थप १२.८९ अंकको गिरावट आउदै २० हजार ६५.८२ अंकमा झरेको हो ।

उसो त यस दिन कारोबार रकम समेत घटेर १ अर्ब २७ करोड ३३ लाखमा खुम्चिन पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । १३ वटा उपसूचकमध्ये आज विकास बैंक समूहको सूचक ०.३३ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको ०.२२ प्रतिशतले, म्यानु एण्ड प्रो ०.४२ प्रतिशतले, माइक्रोफाइनान्स ०.५३ प्रतिशतले, मुचुअल फन्ड ०.२७ प्रतिशतले र अन्य समूह ०.१ प्रतिशतले मात्र वृद्धि भएको छ ।

यता बैंकिङ समूहको उपसूचक आज १.३२ प्रतिशतले घटेको छ भने व्यापार समूहको ०.१ प्रतिशतले, होटल तथा पर्यटन समूहको ०.०५ प्रतिशतले, हाइड्रोपावर समूहको ०.२१ प्रतिशतले निर्जीवन बीमा ०.५८ प्रतिशतले, जीवन बीमा २.०१ प्रतिशतले र व्यापार समूह ०.३१ प्रतिशतले घट्न पुगेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत