बिहिबार, माघ २४, २०८१

बेलायती प्रधानमन्त्रीको विश्वासको मतमा आज मतदान हुँदै


कान्तिपथ


बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार संसदमा विश्वासको मत लिने भएका छन् । बेलायती समयानुसार बेलुका ६ बजे संसदमा मतदान हुन लागेको हो । उनी अध्यक्ष रहेको बेलायतको कन्जरभेटिभ पार्टीका ५४ सांसदले नै उनीप्रति अविश्वास रहेको बताएर पार्टीको संसदीय दलमा प्रश्न गरेपछि जोन्सनले विश्वासको मतको सामना गर्नुपर्ने भएको हो ।

विश्वासको मत हासिल गर्न असफल भए जोन्सनले पद गुमाउनेछन् । उनलाई प्रधानमन्त्री पदबाट हटाउन कन्जरभेटिभ पार्टीका १८० जना सांसदमध्ये बहुमतले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्नुपर्ने हुन्छ । तर, मन्त्रिपरिषद्का २२ जना सांसदमध्ये १६ जना जोन्सनको पक्षमा मतदान गर्ने बताइसकेका छन् ।

कोरोनाको लकडाउनको बेला प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा भोज गरेको भन्ने विवरण सार्वजनिक भएपछि उत्पन्न तनावका बीच मतदान हुन लागेको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत