सोमवार, माघ २८, २०८१

सुरक्षाको माग गर्दै स्थानीय सडकमा


कान्तिपथ



बर्दियाको मधुवन नगरपालिका–२ छोट्की सोनाहा निवासी ४१ वर्षीया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि ओराली बजारमा सडक बन्द गर्दै स्थानीयले सुरक्षाको माग गरेका छन् ।

मधुवन क्षेत्रमा वन्यजन्तुको आक्रमण दोहोरिएपछि बाघ अनुगमन गर्न निकुञ्जलाई अनुरोध गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रममार्फत संयुक्तरूपमा बाघ अनुगमन भइरहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो ।

केही दिनअघि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका–२ की कौसिला शाहीको मृत्यु भएको थियो । तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु भइसकेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत