नेकपा एमालेले बागी उम्मेदवारी दिएपछि निष्कासन गरेका ओखलढुंगाको चम्पादेवी गाउँपालिका कमिटीका पूर्व अध्यक्ष खेम मिश्र नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
केन्द्रीय सदस्य रामहरि खतिवडाको पहलमा मिश्र र उनकी श्रीमती कविता प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट सदस्यता लिई पार्टी प्रवेश गरेका हुन् ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा मिश्रले टिकट नपाएपछि उनी खरायो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए । उनले ३० मत पाएका थिए । बागी उम्मेदवारी दिएपछि एमालेले मिश्रलाई गाउँपालिका कमिटी अध्यक्षसहित साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ