सोमवार, बैशाख ९, २०८२

एम्बाप्पे विश्वकै सबैभन्दा मूल्यवान फुटबल खेलाडी


कान्तिपथ


पेरिस सेन्ट जर्मेन (पिएसजी) का फ्रेन्च युवा स्टार केलियन एम्बाप्पे विश्वको सर्वाधिक मूल्यवान (भ्यालुएबल) फुटबलर बनेका छन् । सिआइइएस फुटबल अब्जर्भेटिभको अध्ययनअनुसार सर्वाधिक मूल्यवान खेलाडीको सूचीको शीर्षस्थानमा रहेका एम्बाप्पेको बजार मूल्य १७५ मिलियन पाउण्ड छ ।

यस्तै, दोस्रो स्थानका स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन युवा स्टार भिसिनियस जुनियरको बजार मूल्य १५८ मिलियन पाउण्ड छ । यस्तै, गत सिजनसम्म जर्मन क्लब बोरुसिया डर्टमन्डका लागि खेलेका नर्वेका स्टार एर्लिङ ब्राउट हालान्ड १३० मिलियन पाउण्डसहित तेस्रो तथा बार्सिलोनाका स्पेनिस युवा खेलाडी पेड्री ११५.५ मिलियन पाउण्डसहित चौथो स्थानमा छन् । बोरुसिया डर्टमण्डका इंग्लिस स्टार जुडे बेलिङ्घम ११४.१ मिलियन पाउण्डसहित पाँचौं स्थानमा छन् ।

म्यानचेस्टर सिटीका फिल फोडेन, बार्सिलोनाका फ्रान्की डि जोङ, लिभरपुलका लुइस डियाज, म्यानचेस्टर सिटीका रुवेन डियास र बार्सिलोनाका फेरान टोरेस शीर्ष १० मा अटाएका छन् । उनीहरूको बजार मूल्य क्रमशः १०५.९, ९६.१, ९४, ९३.६ र ९३.५ मिलियन पाउण्ड छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत