मङ्लबार, बैशाख ९, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • सुर्खेतमा ४ दिनदेखि हराएकी बालिका मकैबारीमा मृत भेटिइन् !

सुर्खेतमा ४ दिनदेखि हराएकी बालिका मकैबारीमा मृत भेटिइन् !


कान्तिपथ


चार दिनदेखि हराइरहेकी एक बालिकाको शव मकैबारीमा भेटिएको छ । गुर्भाकोट नगरपालिका-५ की सात वर्षीया गृष्मा विकको शव घर नजिकैको मकैबारीमा भेटिएको हो ।

शुक्रबादेखि हराएकी गृष्माको शव मंगलबार बिहान घरदेखि पाँच सय मिटर तल मकैबारीमा भेटिएको प्रहरीले जनाएको छ । बालिकाको शव मकैबारीमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धानका लागि सोही ठाउँका एक जना २० वर्षीय युवकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल रक्तकाली गणका गणपति विमल डाँगीले बताए ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालसहितको सुरक्षा निकायको टिम पनि घटनास्थलमा पुगेको छ । घटनाबारे थप अनुसन्धान भयरहेको प्रहरीको भनाइ छ । गुर्भाकोट नगरपालिका-५ का वडाध्यक्ष लालबहादुर पुनका अनुसार गृष्मा आफ्नी हजुरआमासँग बस्दै आएकी थिइन् ।

बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ । उनका बुवा मजदुरीका लागि भारत गएका छन् । आमाको भने पहिले नै मैत्यु भइसकेको छ । २१ गते हजुरआमासँग धारापानी गएकी उनी घर फर्किने क्रममा बाटोबाटै हराएकी थिइन् ।आफन्तले सुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरे पनि नभेटिएपछि सोमबारमात्रै प्रहरीलाई खबर गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत