शुक्रबार, बैशाख ६, २०८२

शेयर बजार ४५.५९ अंकले घट्दा १ अर्ब ३१ करोडको कारोबार


कान्तिपथ


शेयर बजार लगातार घटिरहेको छ । लामो समयदेखि घट्दो बजार थामिने कुनै संकेत देखिएको छैन । शेयर बजारको सुधारको लागि लगानीकर्ताहरुले आन्दोलन जारी राखेका छन् ।

राष्ट्र बैंकले शेयरधितो कर्जामा ४/१२ को सीमा लगाएका कारण बजार यसरी खस्किएको विश्लेषण गरिएको छ । पछिल्लो समय आएको बजेटले समेत शेयर बजारमा उत्साह फर्काउन सकेन । यसैक्रममा आज बजार उच्च अंकले ओरालो झरेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४५.५९ अंकले घटेको छ । २.२१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२०.२३ अंकमा ओर्लिएको छ ।

आज २३४ कम्पनीको ३८ लाख ८७ हजार ७ सय ४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५ सय ६३ रुपियाँ बराबरको कारोबार भएको हो । बजार उच्च अंकले घटेसँगै सबै समूह राताम्मे भएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह १३९.७८ अंकले घटेको हो ।

बजार घटे पनि आज २ कम्पनीको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । उपकार लघुवित्त र बलेफी हाइड्रोको शेयर मूल्य क्रमशः १० र ९.९८ प्रतिशत प्रतिशतले बढेको हो । त्यसैगरी आज पनि हिमालयन बैंकको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । उक्त बैंकको शेयर मूल्य ९.९७ प्रतिशतले घटेर प्रतिशेयर रु. ३२३.१० मा कारोबार भयो ।

नेप्सेका अनुसार आज एनआईसी एशिया बैंकको उच्च कारोबार भयो । उक्त बैंकको ६ करोड ११ लाख ८८ हजार ६ सय ८३.२० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

साताको पहिलो दिन हिजो पनि बजार १२.९२ अंकले घट्दा १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २ सय ७७ रुपियाँ बराबरको कारोबार भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत