शुक्रबार, मंसिर १६, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • ७० वर्ष नाघेकाले राज्यका निकायमा चुनाव लड्न नपाउने व्यवस्था गरौं : योगेश भट्टराई

७० वर्ष नाघेकाले राज्यका निकायमा चुनाव लड्न नपाउने व्यवस्था गरौं : योगेश भट्टराई


कान्तिपथ


नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले ७० वर्ष नाघेकाले राज्यका निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्न माग गरेका छन्। बुधबार प्रतिनिधि सभामा बोल्दै भट्टराईले त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन्। ‘हामीले ६५ वर्ष अथवा ५८ वर्षमा अवकाशको प्रणाली राखेका छौं। तर, राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ। अब ७० वर्ष नाघेका मानिसहरू राज्यका कुनै पनि निकायहरूमा चुनावमा उठ्न नपाउने व्यवस्था किन नगर्ने?’, उनले भने।

भट्टराईले आफूहरूलाई र्‍याल–सिगान काढ्ने र कुर्सीमा बस्ने प्रधानमन्त्री नचाहिएको बताए। ‘हामीलाई काम गर्ने प्रधानमन्त्री चाहिएको हो। यस विषयमा सबै राजनीतिक दलहरूले एक मत बनाऔं भनेर ध्यानाकर्षण गर्न चाहन्छु’, उनले भने।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत