शनिबार, भदौ २२, २०८१

सरकारले मलको नभई ‘माल’को खोजी गरिरहेको छ : योगेश भट्टराई


कान्तिपथ


प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकारले किसानलाई मलको व्यवस्था गर्न नचाहेको आरोप लगाएका छन् । बालीनाली लगाउने बेलामा पनि सरकारले मलको नभई ‘माल’को खोजी गरिरहेको सचिव भट्टराईको गम्भीर आरोप छ ।

बुधवार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले ‘माल’ नआई सरकारले मल नल्याउने जिकीर समेत गरे । मलको खोजीमा कृषिमन्त्री भारत गएको उल्लेख गर्दै सचिव भट्टराईले मल आउँछ कि आउँदैन भनेर प्रश्न समेत गरे ।

उनले भने, ‘आज बालीनाली लगाउने बेला छ । मलको हाहाकार छ । मल छैन । हामीले सुनिराखेका छौं – मल खोज्न कृषिमन्त्री भारततिर जानुभएको छ । कहाँ पुग्नु भयो ? उहाँको हालखबर के छ ? मल आउँछ कि आउँदैन ? लिएर आउनुहुन्छ कि हुन्न ? मल नपाएर कृषिमन्त्री थकित भएर उतै निर्वासित हुने हो कि भन्ने आशंका पनि छ यहाँ, सभामुख महोदय । अर्को कुरा, मल आउँछ तर यो सरकारले मल ल्याउन खोजेको छैन । मलमा माल खोजिरहेको छ । जबसम्म माल आउँदैन, तबसम्म मल आउनेवाला छैन । त्यसकारण हामीले मल खोजको हो सभामुख महोदय । मालको पछाडि लाग्न खोजेको होइन हामीले । म त्यो कुरा स्पष्ट गर्न चाहन्छु ।’ सचिव भट्टराईले मलको हाहाकार हुँदा पनि सरकार गम्भीर नभएको पटक–पटक दोहोर्‍याएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत