ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ५ टिकाथलीका त्रिपुर हेल्थ केयर संचालनमा आएको छ । युवा व्यवसायी सागर केसीको लगानीमा संचालित हेल्थ केयरको आज एक कार्यक्रमका बीच उद्घाटन भएको हो । हेल्थ केयर नेकपा (माओवादी केन्द्र) का केन्द्रिय कार्यालय प्रमुख, पुर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा माओवादी केन्द्र सम्बद्ध अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष पवन कार्की, सचिव संजय काल्धन, केन्द्रिय सदस्य उपदेश यादव, स्थानीय नेता कार्यकर्ता लगायत आम जनताको सहभागिता रहेको थियो । संचालक केसी पनि सोहि संगठनका केन्द्रिय सदस्य हुन् ।
कार्यक्रममा बोल्दै अनन्तले भने, ‘बर्तमान सन्दर्भमा मानविकी, शिक्षा शास्त्र र व्यवस्थापनका पुराना र संशोधन भएका पाठ्यवस्तुहरुले पनि विद्यार्थीलाई उत्पादनशील बनाउन सकेको छैन । यो शिक्षा ग्रहण गरेका विद्यार्थीहरु आज दराजमा सर्टिफिकेट थन्क्याएर खाडिमा तथा मरुभूमिको चर्को घाममा पसिना बगाउन बाध्य भएका छन् । न उनीहरुमा सिर्जनशीलता विकास भएको छ, न उनीहरु उत्पादनशील नै भएका छन् त्यसकारण विद्यार्थीहरु क्रमश, प्राविधिक तथा व्यवसायीक शिक्षा तर्फ आकर्षित हुन थालेका छन् ।’
सिकेको सीपलाई ब्यावहारिक ज्ञानको रुपमा जीवनपर्यन्त आफ्नो पेशा र रोजगारीको सिलसिलामा प्रयोग गर्न तथा प्राबिधिक र ब्यावसायिक शिक्षाको माध्यमबाट मुलुकममा सम्भावनाको ढोका खोल्नका लागि आफुले यो प्रयत्न गरेको केसीले बताए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ