प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले थप १० दिनका लागि मागेको बिदा आईजीपी धीरजप्रताप सिंहले अस्वीकृत गरिदिएका छन्। थप १० दिन बिदा माग्दै मंगलबार हेड क्वार्टरमा पठाइएको पत्र आईजीपी सिंहले अस्वीकृत गर्दै तत्काल हाजिर हुन लिखित निर्देशन दिएका छन्।
आफैंविरुद्ध मुद्दा लड्न पोखरेलले थप १० दिन बिदा माग्दै दिएको निवेदन आईजीपी सिंहले अस्वीकार गरिदिएपछि अब पोखरेललाई कि हाजिर हुन कि राजिनामा दिनुपर्ने दबाब बढेको छ।
आईजीपीको निर्देशनअनुसार अब पोखरेलले विभागी कारबाहीबाट जोगिनका लागि प्रहरी प्रधान कार्यालयमा हाजिर हुनुपर्ने छ। सरकारले सिंहलाई आईजीपी बनाएसँगै आफूभन्दा कनिष्ठलाई बढुवा गरेको भन्दै असन्तुष्ट पोखरेल वैशाख १९ गतेदेखि प्रहरी प्रधान कार्यालयमा हाजिर भएका छैनन्।
आईजीपी सिंहको बढुवाविरुद्ध पोखरेलले हालेको रिटको अन्तिम सुनुवाइ यही जेठ ३० गते सर्वोच्चमा हुँदैछ। Photo:Nepalipatra
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ