बिहिबार, बैशाख ११, २०८२

नेपाली सेनाका ३ उपरथीले लगाए दर्ज्यानी चिन्ह


कान्तिपथ


नेपाली सेनामा बढुवा भएका तीन जना उपरथीहरु होमनाथ दवाडी, दीपककुमार बानियाँ र यामप्रसाद ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

उनीहरुलाई बुधबार सैनिक मूख्यालयमा आयोजित एक कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उनीहरु तीनै जनालाई मन्त्रीपरिषद्को जेठ २३ को बैंठकले सहायक रथीबाट उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

बढुवा भएका उपरथी दवाडी निरीक्षणाधिकृत विभागका विभायीय प्रमुख, उपरथी बानियाँ नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष र उपरथी ढकाल युद्ध–मद्दती तथा युद्ध–सेवा मद्दती विभागका विभागीय प्रमुखमा नियुक्ति भएको सेनाले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत