मङ्लबार, बैशाख ९, २०८२

हिजो रातिको वर्षाले मेलम्चीमा फेरी बगायो पुल


कान्तिपथ


गएराति आएको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचना बगाउन थालेको छ। मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुल गएरातिको वर्षाले बगाएको छ। अहिले उक्त पुलको अवस्थाबारे जानकारी लिन मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङसहितको टोली त्यसतर्फ गइरहेको छ।

गतवर्ष मेलम्चीमा लेदोसहित आएको बाढीका कारण सयौं घरपरिवार विस्थापित भएका थिए। विज्ञहरुले मेलम्चीको जोखिम अझै रहेको निश्कर्ष निकालेका थिए।

गतवर्षको बाढी प्रत्यक्ष भोगेका त्यहाँका स्थानीयहरु यो वर्ष मनसुन सक्रिय भएसँगै आत्तिएका छन्। उनीहरुको व्यवस्थापन हुनेगरी प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर अघि बढ्ने मेलम्चीका मेयर तामाङले बताए।

१ असार र १६ साउनमा आएको बाढीका कारण मेलम्ची नदीमा वितण्डा मच्चिएको थियो। भूगर्वविदसहितको प्राविधिक टोलीले २२ साउदेखि ४ दिन भेमाथाङ्गमा बसेर त्यहाँको स्थलगत अनुगमन गरेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत